साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार

  • बुधबार २८ असो २०८३ ०२:२२ AM
काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको पूर्वी सहर धरानस्थित मुख्यालयमा मिसाइल प्रहार भएको छ । मिसाइल प्रहार हुँदा भवनमा आगलागी भएको साउदी अधिकारीहरूले बताएका छन् । तेल कम्पनी अरामको प्रशासनिक भवनलाई लक्षित गरी यमनका हुथी विद्रोहीले आक्रमण गरेका हुन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्सभित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार मंगलबार भएको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको छ । रोयटर्ससँग कम्पनीका एक स्रोतले एउटा बलिस्टिक क्षेप्यास्त्र कार्यालय भवनको माथिल्लो तलामा ठोक्किएको बताएका छन् ... The post साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार appeared first on Kalika Khabar.