काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५८ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ६ बजेसम्मको २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४७, तीव्र गतिमा चलाउने ६६ र सिसिटिभीमार्फत पहिचान गरिएका २३ सवारीसाधनमाथि कारबाही गरिएको छ । त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २३, अवस्था ठीक नभएका सवारीसाधन ३१, लेन अनुशासन उल्लङ्घन गर्ने नौ, अनावश्यक हर्न बजाउने आठ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई सवारीसाधनमाथि कारबाही गरिएको छ। अन्य नियम उल्लङ्घनमा ४४९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । The post काठमाडौं उपत्यकामा २४ घण्टामा ६५८ सवारीसाधनमाथि ट्राफिक कारबाही appeared first on Kalika Khabar.