काठमाडौं : ईरान समर्थित हुथी समूहले आफ्नो पकड कसिलो बनाउँदै लगेपछि तेइज शहरका बासिन्दाहरूले लगातारको बमबारी र अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका छन्। अमेरिका र ईरानबीच फारसको खाडीमा सुरु भएको तनावका कारण गत महिना पुनः चर्किएको हुथी र साउदी-समर्थित सरकारबीचको द्वन्द्वमा यमनको तेस्रो ठूलो शहर तेइज मुख्य युद्धभूमि बनेको हो। हुथीहरूले गत हप्ता तेइजबाट अदन जोड्ने मुख्य सडक बन्द गरिदिएपछि सरकारी सेना चारैतिरबाट घेरिएको छ। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले तेइजको स्थिति पछिल्ला दिनहरूमा निकै