विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

  • बुधबार २८ असो २०८३ ०२:१९ AM
विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी, नवलपरासी पूर्व र गोरखामा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्ड असोज १० गते बिहान ५ः५० बजेदेखि प्रभावित भएको हो। त्यस्तै, नवलपरासी