भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा नयाँ दिल्लीमा बिमस्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले ‘दिल्ली घोषणापत्र’ स्वीकार गरेको शाहले जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैठकले बंगालको खाडी क्षेत्रका देशहरूबीच क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छैटौँ बिमस्टेक शिखर सम्मेलनमा अघि सारेको दृष्टिकोणअनुरूप बैठकले दीर्घकालीन शान्ति, सुरक्षा र