चाडपर्वको बहानामा मासुको मूल्य बढाए भद्रपुर नगरपालिकाले  कारबाही गर्ने

  • बुधबार २८ असो २०८३ ०१:३७ AM
झापा :  चाडपर्वको मौका छोपेर मासुको मूल्य आफूखुसी वृद्धि गरेको गुनासो बढेपछि भद्रपुर नगरपालिकाले व्यवसायीलाई मूल्य नबढाउन चेतावनी दिएको छ । नगरपालिकाले प्रचलित बजार मूल्यभन्दा बढीमा मासु बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने जनाएको छ