काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन सुरु भएको छ।बाँकेबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि रास्वपाले आन्तरिक छानबिन अघि बढाएको हो। तर, सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित ‘हामी आउँदैछौं’ अभियान