काठमाण्डु –शारदीय नवरात्रको चौथो दिन बुधबार आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ । पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई ‘कुष्माण्डा’ तथा सृष्टिको