काठमाण्डु- गृहमन्त्री सुदन गुरुङले क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ बनाउन र प्राकृतिक विपद्को प्रभावकारी सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच साझा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन्। भारतको नयाँदिल्लीमा मंगलबार सम्पन्न बिमस्टेक गृहमन्त्रीहरूको पहिलो बैठकलाई सम्बोधन गर्दै गुरुङले आतंकवाद, लागूऔषध तस्करी, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह र साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान,