सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोपे पनि सिँचाइको चिन्ता भने हटेको छैन । खेतनजिकै करोडौँ रुपैयाँ खर्चेर खुट्टीखोला सिँचाइ आयोजनाको संरचना बने पनि हेडवक्र्सबाट पानी खेतसम्म पुग्न सकेको छैन । सिँचाइ सुविधा दिने लक्ष्यसहित निर्माण गरिएको आयोजना उपयोगविहीन हुँदा स्थानीय किसानहरू अझै पनि आकाशे पानीकै भरमा खेती गर्न बाध्य