प्रस्तावित राजदूतसँग सांसदका प्रश्नै प्रश्न

  • बुधबार २८ असो २०८३ ०७:०० AM
काठमाडौं : भारतसँगको सीमा विवाद कसरी समाधान हुन्छ ? चीनको बीआरआईमा ऋण कि अनुदान ? अमेरिकाको रणनीतिक चासो र बेलायतमा गोर्खा सैनिकको समस्या कसरी सम्बोधन हुन्छ ? विदेशमा रहेका नेपालीले मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? यी प्रश्नसहित संसदीय सुनुवाइ समितिमा सोमबार र मंगलबार गरी ९ जना प्रस्तावित राजदूतको कार्ययोजना, योग्यता र कूटनीतिक प्राथमिकतामाथि छलफल भएको छ। बुधबारसम्म लिइने सुनुवाइमा सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको साढे आठ घण्टा सुनुवाइ भएको थियो भने मंगलबा