काठमाडौं । आज अमेरिकी डलरको मूल्य थप खस्किएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । हिजो मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको थियो