कपिलवस्तु, असोज २८ । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुरक्षा सतर्कता उच्च बनाएको छ । चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा जोखिम, धार्मिक तथा सामाजिक विवाद र अप्रिय घटनालाई न्यूनीकरण गर्न प्रशासनले कडा कदम चालेको हो । शान्तिसुरक्षा कायम राख्न र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने