काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले आतंकवाद, लागूऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबिच सूचना आदानप्रदान, समन्वय र संयुक्त प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको नयाँदिल्लीमा मंगलबार सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले क्षेत्रीय सुरक्षा चुनौती सामना गर्न सदस्य राष्ट्रहरूबिच सुरक्षित