चाडपर्वमा एनसेल ग्राहकलाई सामसङका घरायसी उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट

  • मङगलबार २७ असो २०८३ ०३:३५ PM
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुट योजना सार्वजनिक गरेको छ। यस सहकार्यअन्तर्गत ग्राहकले टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका घरायसी विद्युतीय उपकरणहरूको खरिदमा अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्। चाडपर्वको अवसरमा सामसङले प्रदान गर्दै आएको छुटमा एनसेल ग्राहकले थप १२ प्रतिशतसम्म अतिरिक्त छुट पाउने व्यवस्था गरिएको