परराष्ट्र मन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

  • मङगलबार २७ असो २०८३ ०४:०४ PM
परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहु आयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ