काठमाण्डु – संसदीय सुनुवाइ समितिले मंगलबार ५ जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ । समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमश: सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल) पदमाक्षी राणा ( ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन) को सुनुवाइ गरेको हो । बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए