अर्घाखाँचीलाई बालमैत्री जिल्ला बनाउने साझा प्रतिबद्धता, ५१ सूचक पूरा गर्ने लक्ष्य

  • मङगलबार २७ असो २०८३ ०८:०० PM
अर्घाखाँची : अर्घाखाँची जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्देश्यसहित जिल्लाका स्थानीय तहहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाको हक, अधिकार, संरक्षण, विकास र सहभागिता सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासनका निर्धारित ५१ वटा सूचक पूरा गर्ने लक्ष्यका साथ स्थानीय तह तथा सरोकारवाला निकायहरूले साझा प्रतिबद्धता जनाएका हुन्।जिल्लाका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, बाल कल्याण अधिकारी, नागरिक समाज, पत्रकार तथा विभिन्न स