काठमाण्डु – तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन् । असोज १९–२३ गतेसम्म भएको महासभामा उनले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गरेका थिए । सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास