कपिलवस्तुमा १० लाख ७४ हजार बराबरको अवैध सामान र मोटरसाइकल बरामद

  • मङगलबार २७ असो २०८३ ०७:०० PM
कपिलवस्तु : सशस्त्र प्रहरी बल नेपाल २८ नं. गण हेक्वा कपिलवस्तु तथा त्यस मातहतका इकाइहरूले जिल्लाका विभिन्न स्थानबाट गैरकानुनी रूपमा ओसारपसार भइरहेका लत्ताकपडा, किराना सामग्री, मोबाइल, मोटर पार्ट्स र एउटा मोटरसाइकल गरी करिब १० लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार सीमावर्ती क्षेत्रबाट राजस्व छली गरी नेपाल भित्र्याइँदै गरिएका र बेवारिसे अवस्थामा भेटिएका उक्त सामानहरू सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।  न