काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गर्ने करिब पक्काजस्तै भएको छ । गत २ असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दा सुनार साउदीका लागि सिफारिसमा परेका थिए । सुनारविरुद्ध उनीबाट हिंसा र मानसिक तनावमा परेकी एकजना महिलाले उजुरी गरेकी थिइन् । त्यही उजुरीको अध्ययन