काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। महिलातर्फको एक पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी नानू बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन्। गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा