काठमाण्डु – हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाण्डु उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि मंगलबारसम्म १ लाख ९ हजार ६३६ जनाले काठमाण्डु उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबारसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत १ लाख ९ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।