प्रचण्डको नुवाको यात्रा : आवास हस्तान्तरण गरे, भोटेकोशी पुगे, घेवामा सहभागी भए (तस्बिरहरू)

  • मङगलबार २७ असो २०८३ ०१:११ PM
नुवाकोट- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार भोटेकोशी बाढीले प्रभावित भएको क्षेत्रमा पुगेका छन्। उनी भदौ १० गतेको बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका हुन्। त्यसक्रममा उनले बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा) मा पनि सहभागिता जनाए । नुवाकोटको