नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नवउदारवादी आर्थिक प्रणालीका कारण नेपालको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र स्वाधीनता संकटमा परेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले नेपालको भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र कमजोर हुँदै गएको दाबी गरे । राष्ट्रिय पहिचान र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा उनले जोड दिए । गुरुङले