काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन तथा स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक ९आईएसपी० कम्पनी कारबाहीमा परेका छन्। प्राधिकरणले ती कम्पनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको हो। प्राधिकरणले गरेको अनुगमन तथा जाँचबुझका क्रममा अनुमतिपत्रका सर्तविपरीत कार्य गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ ९१० बमोजिम कारबाही गरिएको हो।Continue reading "स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ कम्पनीलाई प्राधिकरणले जरिवाना तिरायो"