मटिहानीका ४० जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर सहयोग

  • सोमबार २६ असो २०८३ ०८:१० PM
महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिकाभित्रका ४० जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिने भएको छ। शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको आवागमन सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको आज नगर प्रमुख हरि प्रसाद मण्डलले शुभारम्भ गरे। स्वास्थ्य कार्यालय महोत्तरीबाट प्राप्त ह्वीलचेयर नगरपालिकाभित्रका ४० जना अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिने मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलले जानकारी दिए। ह्वीलचेयर वितरणबाट अपाङ्गता भएका व्यक्तिहरूको दैनिक आवागमन सहज हुनुका साथै जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले उनीहरूको सहज पहुँच, आत्मनिर्भरता तथा सामाजिक सहभागिता अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। कार्यक्रममा मटिहानी स्वास्थ्य चौकीका मेडिकल अधिकृत कृष्णकुमार परियार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, सूचना तथा प्रविधि अधिकृत जयकुमार यादव, सि