वीरगञ्जमा टीभीएसको महाएक्सचेन्ज अफर सुरु

  • मङगलबार २७ असो २०८३ ११:२७ AM
वीरगञ्ज। पर्सास्थित वीरगञ्जको अङ्कित ट्रेड कन्सर्नले चाडपर्वलाई लक्षित गर्दै टीभीएसको ‘अब सबैको महाएक्सचेन्ज’ अफर सुरु गरेको छ। पुराना बाइक तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी उक्त अफर सञ्चालनमा ल्याइएको कन्सर्नका सञ्चालक माधव राजपालले जानकारी दिए।  वीरगञ्जको यातायात रोडमा रहेको नारायणी यातायात व्यवस्था कार्यालय नजिकैस्थित कन्सर्नले पुरानो सवारीसाधनको मूल्याङ्कनदेखि नयाँ सवारीसाधन खरिदसम्म ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अफर ल्याएको हो। वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राजपालले विभिन्न अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटरको मूल्याङ्कन गराई नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्ने बताए। उनका अनुसार पुरानो सवारीसाधनको उचित मूल्याङ्कनसँगै नयाँ सवारीसाधन खरिदमा विभिन्न आकर्षक छुट तथा सुविधा उपलब्ध गराइनेछ। उक्त अफरबाट ग्राहकले कम्तीमा एक सातासम्म एक्सचेन्जको लाभ लिन सक्नेछन्। अफर छठ पर्वसम्म रहनेछ। कम्पनीले विद्युतीय स्कुटरसमेत आकर्षक मूल्यमा उपलब्ध गराएको जनाएको छ। त्यसैगरी, कम्पनीले किस्ताबन्दीमा सवारीसाधन खरिद गर्ने सुविधा पनि दिएको छ। कम्पनीका अनुसार एक्सचेन्ज अफरमा सहभागी ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसको सुविधा प्राप्त गर्नुका साथै नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा सहज किस्ताबन्दीमा नयाँ सवारीसाधन खरिद गर्न सक्नेछन्। कम्पनीले १० लाख रुपैयाँसम्म छुटको अवसरसमेत उपलब्ध गराएको छ। सञ्चालक राजपालका अनुसार अफरअन्तर्गत ग्राहकले पुरानो सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता पाउने अवसर छ। साथै, ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट र ‘गोल्डेन की’ जित्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन्।