आईसीसी विश्वकप लिग-२: ओमानविरुद्ध रोहितको अर्धशतक

  • मङगलबार २७ असो २०८३ ०६:०० PM
काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध रोहित पौडेलले अर्धशतकीय पारी खेलेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो १३ औं अर्धशतक हो। उनले ५८ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। उनले चौथो विकेटका लागि वसिर अहमदसँग ८६ रनको साझेदारी बनाएका थिए। उनले यसअघि यहि श्रृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध १०१ रनको शतकीय पारी खेलेका थिए।