काठमाडौं : ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्।मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका हुन्।उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्दै दुवै देशको साझा समृद्धिका लागि व