नुवाकोट : नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। मंगलबार उनले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाका विभिन्न क्षेत्रको निरीक्षण गरेकी हुन्।सडकमार्ग हुँदै नुवाकोट पुगेकी भण्डारीले विदुर नगरपालिकाका ढुङ्गे, त्रिशूली, गेर्खु, बेत्रावती, देवीघाट तथा बेलकोटगढी नगरपालिकाको काशीटारलगायतका स्थानहरूको निरीक्षण गरिन्। सो क्षेत्रका बाढी प्रभावितहरूलाई भेटेर उनले बा