आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

  • मङगलबार २७ असो २०८३ ०६:०० PM
काठमाडौं : प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो। आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुई तिहाइ मतसहित पारित भइ छलफल समेत भएको भ्रमणमा सहभागी संघीय संसदका मह