सिन्धुपाल्चोक : बलेफी गाउँपालिका वडा नम्बर ४ र ५ का कृषकहरुले दूध बेचेर बार्षिक ३ करोड बढी आम्दानी गरेका छन्।‘हामीले घर गाउँमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आम्दानी गर्दै आएका छौं,’ कृषक कमलप्रसाद तिमिल्सिनाले भने, ‘उत्दापन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं ।’ तिमिल्सिनाले यो वर्ष १० हजार ८ सय ७८ लिटर दूध बेचेर ७ लाख २८ हजार रकम आम्दानी गरेका छन् । उनी बलेफी गाउँपालिककै सबैभन्दा बढी दूध बेच्ने किसानका रुपमा सम्मानित स