राष्ट्रपति पौडेलले गरे दुई अध्यादेश जारी

  • मङगलबार २७ असो २०८३ ०६:०० PM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्। मन्त्रिपरिषद्ले सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई अध्यादेश जारी गरेका हुन्। &n