विराटनगर– कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलहरूले १३ भाषालाई सरकारी कामकाजको बनाउने प्रदेश सभाको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन्। कोशी प्रदेश सभाबाट नेपालीका अतिरिक्त १३ वटा भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएपछि दलहरूको यस्तो भनाइ आएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी,