पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

  • मङगलबार २७ असो २०८३ ११:०६ AM
बागमती – दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो । महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको  वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ । यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको  मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए । घटस्थापनादेखि सुरु भएको