विजय पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

  • मङगलबार २७ असो २०८३ ११:१० AM
काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले पार्टीका प्रमुख नेता तथा संगठन विभाग प्रमुख डा. विजयकुमार पौडेलको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीको मंगलबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी शोक प्रस्तावमा पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको