काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबिच नेपाल र स्वीट्जरल्यान्ड बिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ