काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । विपद् आइपर्दा कुनै व्यक्ति विशेषको सक्रियता वा निर्णयमा निर्भर नभई आवश्यकताअनुसार प्रणाली स्वतः परिचालित हुने संयन्त्र विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियानको सुरुवात गर्दै