काठमाडौं । बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दशैँ मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू गाउँ फर्किन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार र आफन्तसँग दशैँ मनाउन घर फर्किने क्रम बढेसँगै उपत्यकाबाट