कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

  • मङगलबार २७ असो २०८३ ०९:४६ AM
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भइसकेका छन् ।