काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले यसलाई नेपालको संसदीय कूटनीतिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् । महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक