काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई निकास दिने र सही दिशा देखाउने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितता बढेको बताए । उनले अन्य राजनीतिक दलहरू असफलतातर्फ गइरहेको दाबी गर्दै यस्तो अवस्थामा