काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीले जेनजीको भावना बोकेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार आफूलाई निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दैै उपसभापति चौधरीले राजनीतिका विभिन्न कालखण्डमा पार्टीले गरेका परिवर्तनहरुको चर्चा गरे । साथै भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्मबारे पार्टीले चासोका साथ काम गर्नुपर्ने बताए ।