भोटेकोशी बाढी प्रभावित ऋणीले असोजमा तिर्नुपर्ने ऋणको किस्ता पुससम्म तिर्न सक्ने

  • मङगलबार २७ असो २०८३ १२:०६ PM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ऋणीले ऋणको किस्ता तिर्न थप समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावित भई ऋणको किस्ता तिर्न कठिनाइ भएका ऋणीलाई असोज मसान्तमा तिर्नुपर्ने किस्ता पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै