काठमाडौं । सिद्धार्थ बैंकले दशैँको अवसरमा नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गरेको छ । बैंकले हिजो (असोज २६ गते) देखि आफ्ना विभिन्न शाखा कार्यालयमार्फत ग्राहकलाई नयाँ तथा सुकिला नोट सटही गर्ने सुविधा उपलब्ध गराएको हो । बैंकका अनुसार ग्राहकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साट्न सक्नेछन्