काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन २०८३’ स्वीकृत गरेको छ । सोमबार कार्यवाहक एवं समितिका अध्यक्ष प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा शिक्षा समितिबाट शिफारिस भएर आएको मार्गदर्शन स्वीकृत गरेको हो । विद्यालय तहको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई विद्यार्थीको रुचि, सिर्जनात्मक प्रतिभा र जीवनोपयोगी सिप विकासमा केन्द्रित गर्नु, सञ्चालित कार्यक्रमलाई व्यवस्थित बनाउनु मार्गदर्शनको मुख्य उद्देश्य हो । मार्गदर्शनमा कक्षागत आवश्यकताअनुसार फरक–फरक कार्यक्रम सञ्चालन, विज्ञ प्रशिक्षक परिचालन, सिकाइको नियमित अनुगमन र मूल्याङ्कन लगायत व्यवस्था छन् । वैठकले महेन्द्र भवन आवासीय माध्यमिक विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ कायम गर्ने निर्णय गरेको छ । गएको साउन ६ गते महेन्द्र भवन शैक्षिक गुठी र काठमाडौँ महानगरपालिका बिच विद्यालयलाई आधुनिक र नमुना विद्यालयका रूपमा सञ्चालन गर्न र गुरुयोजना बनाएर विशेष विद्यालय सञ्चालन गर्न सम्झौता गरिएको थियो । वैठकमा मार्गदर्शन कार्यान्वयनमा विषयमा कुरा गर्दै अध्यक्ष डंगोलले, स्कूल-स्कूल पार्टनरसिप कार्यक्रमबाट खेल मैदान, स्रोत तथा सामग्री र जनशक्ति व्यवस्थापनमा देखिएको अभाव हटाउन सकिने बताउनुभयो । ‘खेल मैदान नभएका विद्यालयका विद्यार्थीहरुलाई खेल मैदान भएको नजिकको विद्यालयमा लैजाऔँ । त्यहाँका विद्यार्थीलाई पनि प्रशिक्षण गराऔँ । यो एउटा उत्कृष्ट मोडल बन्न सक्छ ।’ उहाँले कार्यक्रमका विषयमा धारणा राख्दै भन्नुभयो, ‘कार्यक्रम थालेको पहिलो दिनमा जुन उत्साह थियो त्यो उत्साह, त्यस दिनको लक्ष्य र प्राथमिकता आज कुन स्तरमा छ