संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतसहित पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महासभामा सहभागी भएर स्वदेश फर्किएका पाण्डेयले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक प्रस्तुत गरेको आपत्कालीन प्रस्तावले व्यापक समर्थन