सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

  • मङगलबार २७ असो २०८३ ०५:०८ PM
  काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। तर, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन।  सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्। कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।