पाँचथर। पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्र गर्ने काम अझै अनिश्चित छ। निर्माण कम्पनीको लापरबाहीका कारण उक्त मार्ग निर्माणको काम अलपत्र परेको हो। ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। तीनवटा प्याकेजमध्ये एउटाको ठेक्का रद्द गरिएको छ। मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल–भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ। विसं २०७७ माघ १९ गते तीन चरणमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएकामा कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवका अनुसार तीनवटा प्याकेजमा क्रमशः १६, १७ र १७ किलोमिटर सडक रहेको छ। पहिलो प्याकेज उद्गम विन्दु चिवाभञ्ज्याङबाट सुरु हुन्छ। रु